विवाहबारे आफ्नो निर्णय सुनाउँदै सलमान खान


एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानले बहिबार (आज) विवाहको औपचारिक निर्णय सुनाउने भएका छन् । अहिलेसम्म बिवाह नगरेका सलमानको विवाहको विषय झन उनका फ्यानका लागि निकै रुचिको विषय बनेको छ ।

५३ वर्षीय स्टार सलमान खानको बारेमा भारतीय नागरिकहरुका साथै नेपालीलगायत अन्य देशका फ्यान विवाहको पर्खाइमा छन् ।

सलमानले धेरै वर्षको प्रतिक्षापछि आज विवाहको औपचारिक निर्णय सुनाउने बताएका हुन् । यसले भारतीय नागरिकमा सलमानको विवाह हुने आशा पलाएको छ ।

मुम्बई मिररको विवाहसँग सम्बन्धित प्रश्नमा सलमानले भने, ‘मलाई लाग्छ मैले विवाहको विषयमा मे २३ तारिखमा औपचारिक धारणा राख्नेछु ।’

मे २३ तारिख अर्थात् आज बिहिबार सलमानले आफूले विवाह गर्ने नगर्नेबारे उत्तर दिने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement