कला र मनोरञ्जन

सलमानको आग्रहमा आलियाले आफ्नो तौल बढाउँदै

एजेन्सी – बलिउडका स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिँदैछन् ।

dish home

केही समय अगाडि चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो । उनीहरुको जोडी नसुहाउने धेरैको टिप्पणी थियो । किनभने आलिया र सलमानबीच उमेर अन्तर लामो छ । तर, निर्माण युनिटले चलचित्रको कथाबस्तु नै यहीँ उमेर अनुसारको भएको कारण उनीहरुलाई चलचित्रमा लिएको बताएको थियो ।

नायक सलमान खानले आफूसँग आलियाको जोडी नसुहाउने भन्दै उनलाई तौल बढाउन भनेका छन् । सलमानले निर्देशक भन्सालीसँग आलियालाई तौल बढाउन भन्न सुझाएका थिए । सलमानले भनेका थिए, ‘मेरो छेउमा आलिया निकै दुब्लो देखिन्छिन् । मैले तौल घटाउन सक्दिनँ होला । त्यसैले आलियालाई तौल बढाउन भनिदिनुहोस् ।’

सलमानको यो आग्रहपछि भन्सालीले नै आलियालाई तौल बढाउन भनेका थिए । भन्सालीको कुरालाई मान्दै आलिया तौल बढाउन तयार भएकी छिन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top