कला र मनोरञ्जन

१७ वर्षपछि सलमान र साहरुख खान एउटै पर्दामा देखिँदै

एजेन्सी – बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान पछिल्लो समय एकअर्काका निकै घनिष्ठ साथी भएका छन् ।

dish home

दुवै जना एकअर्काको चलचित्र प्रमोशनको काममा कुनै पनि किसिमको कसर छोड्दैनन् । यी दुवै एकअर्काको चलचित्रमा केमियो पनि गर्दै आइरहेका छन् ।

केही महिनाअघि सलमान खानले शाहरुख खानको फिल्म ‘जिरो’ मा केमियो गरेका थिए भने शाहरुख खानले सलमान खानको चलचित्र ‘भारत’ को ट्रेलर रिलिज भएसँगै खुलेरै प्रसंशा गरेका थिए ।

बलिउड खबरका अनुसार, दर्शकले अब छिट्टै नै सलमान खान र शाहरुख खानलाई एकसाथ एउटै फिल्ममा हेर्न पाउनेछन् । निर्देशक अली अब्बास जफरले हालै एक अन्तर्वार्तामा सलमान र शाहरुखलाई अभिनय गराउने इच्छा व्यक्त गरेका छन् । जफरले भने, ‘यो छिट्टै नै हुनेछ । यदि मैले नै स्क्रिप्ट लेखे भने यो काम छिट्टै नै हुनेछ । यी दुवैले एकअर्कालाई माया गर्छन् । दुवै एकअर्काको साथमा काम गर्न चाहन्छन् । यदि कुनै राम्रो स्क्रिप्ट अगाडि आयो भने यी दुवैले काम नगर्ने भन्ने कुरा नै छैन ।’

शाहरुख र सलमानको जोडी पर्दामा आयो भने दर्शकका लागि त्यो फिल्म कुनै विशेष सप्राइजभन्दा कम हुने छैन । सन् २००२ मा यी दुवैले अभिनेत्री माधुरी दीक्षितका साथ फिल्म ‘हम तुम्हारे हे सनम’ मा मुख्य अभिनेताको रुपमा काम गरेका थिए । त्यस अघि फिल्म ‘करण अर्जुन’ मा यी दुवैले दाजुभाइको भूमिका निर्वाह गरेका थिए ।

त्यसको १७ वर्ष पुगिसक्दा पनि यो जोडी एकैसाथ एउटै फिल्ममा मुख्य अभिनेताको रुपमा फर्किएका छैनन् । तर अब भने शाहरुख खान र सलमान खानका फ्यानहरुको यी दुवैलाई एकसाथ मुख्य अभिनेताको रुपमा पर्दामा हेर्ने सक्नेछन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top