नेपाल किन आउँदैछन् सलमान खान?


काठमाडौं– बलिउडका नायक सलमान खान नेपाल आउने भएका छन्।

 

 

 

ओडिसी इन्टरटेनमेन्ट नामक संस्थाद्वारा आगामी फागुन २६ गते आयोजना हुन लागेको ‘दबङ्गः द सलमान खान लाइभ इन नेपाल’ नामक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउने भएका हुन्।

 

 

 

कार्यक्रम राजधानीको टुँडिखेलमा आयोजना हुनेछ।

 

 

कार्यक्रमका लागि सलमानसहित प्रभु देवा, नायिका ज्याकलिन फर्नान्डेज, जरिन खान नेपाल आउन लागेको ओडिसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङले जानकारी दिए।

 

 

 

 

ओडिसीले कार्यक्रमको तयारी सुरु गरिसकेको र कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति माग्दै निवेदन दिएको समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement