नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा नयाँ पार्टीका नेताहरूमात्रै आमन्त्रित

नेपाल समाजवादी पार्टीको स्थापना दिवसमा नयाँ पार्टीका नेताहरूमात्रै आमन्त्रित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले स्थापना दिवसमा नयाँ पार्टीलाई मात्रै आमन्त्रण गरेको छ । वैकल्पिक राजनीतिको अवधारणासहित पार्टी बनाएका डा. भट्टराईले स्थापना दिवसमा नयाँ पार्टीलाई मात्रै आमन्त्रण गरेका हुन् ।

नेसपा राष्ट्रिय महाधिवेशन आयोजक समितिले बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा गरिरहेको कार्यक्रममा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा र नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरी कार्यक्रममा उपस्थित भएका देखिन्छन् ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपा, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पुराना दलहरूलाई आमन्तण नगरिएको केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले जानकारी दिए ।