नेकपा भविष्यमा उठ्न नसक्ने गरी पतन हुन्छः समाजवादी पार्टी


काठमाडौं – सत्तारूढ समाजवादी पार्टी, नेपालले सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपालाई पतनको दिशामा अघि बढेको टिप्पणी गरेको छ ।

बिहीबारबाट शुरू भएको सङ्घीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेकपा दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेकाले संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन नसक्ने ठोकुवा गरिएको छ ।

‘आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ । नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ । यो पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिक पतनका घटनामा लज्जास्पद ढंगले उदांगिदैछन,’ उसले भनेको छ ।

आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दिइरहेको बताउँदै शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि जारी रहेको समाजवादीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement