एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,के-के छन् एजेण्डा ?


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आज पार्टी कार्यालयमा साढे ११ बजे बस्न लागेकाे हाे ।

बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ ।

यो एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक हो।

प्रतिक्रिया दिनुहोस
Advertisement