संवैधानिक निकायः प्रतिपक्षीको अनुपस्थितिबिनै धमाधम सिफारिस

संवैधानिक निकायः प्रतिपक्षीको अनुपस्थितिबिनै धमाधम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए।तर प्रधानमन्त्री ओलीले देउवाको पत्रलाई बेवास्ता गर्दै सोमबार अपराह्न परिषद्को बैठक राखेर निर्वाचन आयोगको प्रमुख र समावेशी आयोग अध्यक्षमा नाम सिफारीस गरेपछि सरकार र प्रतिपक्षीबीच दूरी थप बढेको छ ।

संवैधानिक व्यवस्थाविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै यसअघि पाँच संवैधानिक आयोगका अध्यक्षको नाम सिफारिस गरेकोमा असन्तुष्ट प्रमुख प्रतिपक्षी संसदीय सुनुवाइ समिति बैठक बहिष्कार गर्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ।