प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न बारा जाँदै


काठमाण्डु – उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्वर २ मा आज सत्ता गठबन्धनले ‘बृहत आमसभा’ राखेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् ।उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका नेता बारा जान लागेका हुन ।

उक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement