रास्वपा सांसदको आरोपः सुनसरी घटनालाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजियो

रास्वपा सांसदको आरोपः सुनसरी घटनालाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद समिना मियाँले सुनसरी देवानगञ्ज घटनालाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजिएको आरोप लगाएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त घटनालाई दलीय स्वार्थ पूर्तिका लागि प्रयोग नगर्न दलहरूलाई आग्रह गरिन् ।
लामो समयदेखि मिलेर बसेका दुई समुदायका नागरिकबीच द्वन्द्व बढाएर राजनीतिक लाभ लिन खोज्नु गलत भएको उनको भनाइ थियो ।

‘मिलेर बसेका धर्म र जातजातिका समुदायलाई आफ्नो राजनीतिक रोटी सेक्ने माध्यम नबनाउनुहोस्’, उनले भनिन्, ‘सिधासाधा जनतालाई लडाएर राजनीतिक लाभ लिने जुन कदम चालिएको छ, त्यसप्रति मेरो घोर आपत्ति छ ।’

स्वास्थ्यमन्त्रीले सुनसरी पुगेर स्थलगत अनुगमन गरेको भन्दै घटनामा सरकारको उपस्थिति नदेखिएको भन्ने विपक्षीको आरोप निराधार रहेको दाबी गरिन् ।


आफ्नो दलका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएर परिस्थिति साम्य पार्न भूमिका खेलेको विषयलाई अनदेखा नगर्न भनिन् ।