समिर तामाङको डेब्यु गीत ‘देख्दैंमा जुनजस्ती मैच्याङ’को म्युजिक भिडियो सार्वजनिक


काठमाण्डु- युवा गायक समीर तामाङको डेब्यु गीत ‘देख्दैमा जुनजस्ती मैच्याङ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गत बिहीबार लाइमलाइट नेपालको युट्युब च्यानलमार्फत ‘देख्दैमा जुनजस्ती मैच्याङ’ रिलिज गरिएको हो ।

गीतमा युवा गायक तामाङसँगै गायिका सृजना तामाङको श्वर रहेको छ । अर्जुन पूर्वेलीको शब्द गरेको यो मिठो गीतमा प्रताप जिम्वा तामाङले म्युजिक दिएका छन् । एरेन्ज जोगलाल लामा, मिक्सिङ सानुबाबु घिसिङ, कोरियोग्राफी दिपेश एसके र सिनेम्याटोग्राफीमा प्रेम लामा रहेका छन् ।

म्युजिक भिडियोमा युवापुस्ताका चर्चित भिडियो सम्पादक टेकेन्द्र शाहको सम्पादन तथा कलर रहेको छ । म्युजिक भिडियोको निर्देशन उत्तम वाइवा लामाले गरेका छन् । म्युजिक भिडियोमा अजय तामाङ, अनुष्का तामाङ, राज श्रेष्ठ, राजु शाह र देवराज स्याङतानको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement