काठमाण्डु – संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा अलमल देखिएको छ ।
उपसमितिमा सहमति नजुटेपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुँदा पनि सहमति जुटेन ।
बिहीबार समितिको बैठकमा सहमति नभएपछि शुक्रबार बिहान ११:३० बजेका लागि बैठक बोलाइएको छ ।
समितिका सभापति अम्मरबहादुर थापाले शुक्रबार बिहान ९ बजे समितिका सदस्यहरूबीच परामर्श बैठक हुनेछ भने त्यसपछि बैठक बस्नेछ ।
विधेयकमा निजी विद्यालयको सञ्चालन, शिक्षकको सरुवा, नियुक्ति, स्थानीय सरकारको अधिकारका प्रावधानमा विवाद देखिएको छ ।
प्रतिक्रिया