नेपालमा आलोचना भईरहँदा साम्राज्ञीको भारतमा चर्चा, आजतकले के लेख्यो ?


काठमाडौं – प्रेमीसँगको तस्वीरका कारण नेपालमा आलोचित बनिरहेकी नेपाली अभिनेत्रि साम्राज्ञी राज्यलक्षमी शाहको बारेमा भारतको चर्चित टेलिभिजन एवं अनलाइन संस्करण आजतकले खुलेर तारिफ गरेको छ ।

रोयल परिवारबाट अभिनयमा आएको भन्दै साम्राज्ञीको बारेमा आजतकले आजतकले लेखेको छ, ‘नेपाली एक्ट्रेस साम्राज्ञी राज्यलक्ष्मी शाहको बारेमा कमैलाई थाहा हुन सक्छ । ड्रीम्स फिल्मबाट डेब्यू गरेकि शाह आज नेपाली चलचित्र क्षेत्रको सबै भन्दा बढि शुल्क लिने अभिनेत्रि हुन् ।’ राजघरानासँग उनको परिवार जोडिएको भन्दै आजतकले केहि रमाइला कुराहरु पेश गरेको छ ।

यस्तो छ आजतकले साम्राज्ञीको बारेमा गरेको तारिफः

साम्राज्ञी, नेहा राज्यलक्ष्मी शाह र महेश बिक्रम शाहको छोरी हुन् । साम्राज्ञीको पूर्वज राजघरानाको वंशज हुन् । साम्राज्ञीको वंशजमा सामेल रहेका त्रिभुवन वीर बिक्रम शाहलाई नेपालमा राणा राज्य हटाउने श्रेय जान्छ । उनकै वंशजमा ज्ञानेन्द्र शाह राजा भइसकेका छन् ।

साम्राज्ञी नेपाली सिनेमाको टप अभिनेत्रि हुने । आज उनी यस क्षेत्रको सबैभन्दा बढि पारिश्रम लिने अभिनेत्रिका रुपमा स्थापित छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement