उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाण्डु- उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले उपसभामुखको कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार माघ ६ गते शुक्रबार दिउसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उपसभामुख निर्वाचित गरियोसु भनी प्रस्ताव दर्ता गराउने कार्यतालिका छ ।

शुक्रबार अपरान्ह सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताएका छन् । त्यस्तै माघ ७ गते शनिबार दिनको १ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement