संघीय संसद्‌को संयुक्त बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्‌को संयुक्त बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज संघीय संसद्‌को संयुक्त बैठक बस्दैछ ।  आइतबार संघीय संसद्‌ अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका अनुसार संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।

आजको बैठकमा ‘संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसद्‌को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।