बजेटको मुखैमा संसद्मा झमेला ! भिजिट भिसामा फस्दै गृहमन्त्री लेखक

बजेटको मुखैमा संसद्मा झमेला ! भिजिट भिसामा फस्दै गृहमन्त्री लेखक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हरेक वर्षजस्तै आगामी आर्थिक वर्ष २०८२/८३ को अनुमानित आय–व्यय विवरण (बजेट) संसद्मा पेश हुने दिन नजिकिँदै गर्दा संसद्मा झमेला देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा कमिसन लिएर नेपालीलाई विदेश पठाउने गरेको प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि संसद् तातेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षी दलका सांसदहरूले नाराबाजी गरेपछि मंगलबार प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राख्दै बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांससहरूले संसद अवरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराएका छन् ।

बैठकको सुरुमा माओवादी केन्द्र सांसद वर्षमान पुन ‘अनन्त’ले भिजिट भिसा प्रकरणमा अर्बाैंको भ्रष्टाचार भएको र यसमा राजनीतिक संलनग्ता रहेको आशंका व्यक्त गरे । उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षण बिना सम्भव नभएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ । विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार भनिने चिनिएको अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो ।’

सत्तारुढ दलहरूले भने ठोस प्रमाण नभई सामाजिक सञ्जालमा आएको भरमा गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने अडान लिएका छन् ।