प्रधानमन्त्रीको प्रष्टीकरण माग्दै विपक्षीहरूले गरे विरोध

प्रधानमन्त्रीको प्रष्टीकरण माग्दै विपक्षीहरूले गरे विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– विपक्षी दलहरूले सोमबारको प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्।  आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै अभिव्यक्ति दिएको भन्दै संसदहरुले विरोध गरेका हुन् ।

सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्ने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो सीटमा उभिएर विरोध जनाएका हुन्। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्ले त्यस्को प्रष्टीकरण र माफी माग्नुपर्ने भन्दै उठेर विराेध गरे ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक १ घण्टा ढिला गरि सुरु भएकामा सांसद्हरुले अवरोध गरेर सदन चल्न दिएका छैनन् ।

आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रतिनिधि सभा बैठकमा बेल घेर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आज नै आर्थिक वर्ष २०८३/८४ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची पनि छ ।

कार्यसूचीमा बैठक प्रवेश गर्नु अगाडि आकस्म्कि समय, शून्य समय र विशेष समय चलाउने अभ्यास छ ।