संसदको हिउँदे अधिवेशन पुस ४ मा बोलाउने सरकारको तयारी


काठमाडौं – सरकारले हिउँदे अधिवेशन पुसकाे पहिलाे साता बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको हिउँदे अधिवेशन पुस  ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।

असोज २ गते संसदको बजेट अधिवेशन सकिएको थियो । विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशन सामान्यतः पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ ।

यसपालि हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नुपर्नेछ ।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेपछि सभामुख पद रिक्त छ । महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement