प्रतिनिधिसभामा आज पनि ४ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदै


काठमाण्डु – संघीय संसद्अन्तर्गत आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ।

मंगलबार संघीय शहरी विकास,खानेपानी,अर्थ र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ। आजको बैठकमा सांसदहरुले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्न कार्यसूची समेत छ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जेठ १५ बजेट सार्वजनिक गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस
Advertisement