काठमाण्डु – नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले व्यवसायी पृष्ठभूमिका सांसद मन्त्री बन्दा आलोचना भएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राजभण्डारीले व्यवसायी पृष्ठभूमिका सांसद मन्त्री बन्न नपाउने हो ? भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायी पृष्ठभूमिका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि कांग्रेसभित्र र बाहिर समेत चर्को आलोचना भइरहेको छ । उनले सांसद भएका व्यक्ति जस्तोसुकै पृष्ठभुमिको भए पनि मन्त्री बन्न पाउने बताए ।
‘कस्तो व्यक्तिलाई मन्त्री बनाउने हो त्यसको टुंगो लगाउनुपर्छ । व्यवसायी मन्त्री बन्न नपाउने हो भने त्यही अनुसार कानुन बनाइयोस्,’ उनले भने, ‘अन्यथा सांसद भएको व्यक्ति जुनसुकै पृष्ठभुमिको होस् मन्त्री बन्न पाउनुपर्छ ।’
प्रतिक्रिया