सांसद र कर्मचारीको कोरोना परीक्षणमा जे–देखियो (फोटो फिचर)


काठमाडौं – आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिएको छ । संघीय संसदमा प्रतिनिधिसभा राष्ट्रियसभा, कर्मचारी र मर्यादापालकसहित ४४१ जनाको स्वाब संकलन गरिएको हो ।

जसमा १७९ प्रतिनिधिसभाका सांसद, ३३ राष्ट्रियसभा सदस्य तथा कर्मचारी र मर्यादापालक २२९ गरी ४४१ जनाको स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले संकलन गरिएका स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । परीक्षण गर्न छुटेका सांसद तथा कर्मचारीहरूको स्वाब भोलि बिहान ८ देखि १० बजेसम्म संकलन गर्ने सचिवालयको तयारी छ ।

भोलि (शुक्रबार) ४ बजे संसदको बजेट अधिवेशन सुरु हुँदै छ । त्यसअघि सांसदहरूको रिपोर्ट आइसक्ने र पोजिटिभ आए बैठकमा सहभागी नगराउने र नेगेटिभ आएकालाई मात्र सहभागी गराइने धमलाले जनाए । सं‌सद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement