‘प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले गरे संसद्लाई अवहेलना’


काठमाण्डु- नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोध गरेको छ । प्रतिपक्षी बेन्चमा बसेको दिन नै नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको विरोध गरेको हो ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्, काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबल गर्ने कार्यसूची थियो । बैठकमा प्रधानमन्त्री प्रचण्ड उपस्थित थिए ।

तर, संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गरेका हुन् । प्रधानमन्त्री नै उपस्थित भएको बैठकमा सभामुखले प्रधानमन्त्रीलाई निर्देश गर्नुपर्‍यो,’ एमाले सचिव योगेश भट्टराईले नियमापत्ति गर्दै विरोध जनाए । त्यसपछि एमालेका अर्का सांसद रघुजी पन्तले प्रधानमन्त्रीले संसद्को अवहेलना गरेको आरोप लगाए ।

‘सरकार बनाउने यो संसद्को गरिमा त्यो बेला रहन्छ, जतिबेला सरकारले संसद्को सम्मान गर्छ । प्रधानमन्त्री उपस्थित भएर मन्त्रीलाई काम लगाउनु संसद्लाई अवहेलना हो । आफ्नो विधेयक आफैं पेश गर्न रुलिङ होस्,’ पन्तले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement