संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता


काठमाडौं – सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कानुन मन्त्री शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी हुन् ।

सरकारले नेपालको नयाँ नक्सा जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको थियो भने भूमी व्यवस्था मन्त्रालयले जेठ ७ गते नयाँ नक्सा आधिकारिक रुपमा सार्वजनिक गरेको थियो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न निशानछापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

जेठ १३ गते बस्ने बैठकमा उक्त प्रस्ताव लगिनेछ । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नेपालले जारी गरेको नयाँ नक्सा भारतले अस्वीकार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement