चुनाव भएको ६ महिनापछि एकैदिन बसे १० वटा संसदीय समितिका बैठक 


काठमाण्डु – आम निर्वाचन भएको ६ महिनापछि संसदीय समितिहरुका बैठक बसेका छन् ।

मंगलबार सिंहदरवारस्थित संघीय संसदको कार्यालयमा एकै पटक १० वटा बिषयगत समितिहरुको बैठक सुरु भएको हो । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजेवाट एकैपटक सुरु भएको हो ।

गत मंसिर ४ गते निर्वाचन सम्पन्न भएको ६ महिना नाघिसक्दा पनि अझैसम्म बिषयगत समितिका बैठक बस्न समेत सकेको थिएन । अघिल्लो अधिवेसनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा बिषयगत समितिमा रहने सदस्यहरु मनोनयन भएपछि आज पहिलो बैठक बसेको हो । आजको पहिलो बैठक भने समितिमा रहेका जेष्ठ सदस्यले सभापतित्व गरिरहेका छन् ।

जेष्ठ सदस्यले सभापतित्व गरिरहेको समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र एजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement