संसदीय सुनुवाइ समिति गठन,कुन दलबाट को-को छन् ?

संसदीय सुनुवाइ समिति गठन,कुन दलबाट को-को छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरुको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।

संसदीय समितिमा नेपाली कांग्रेसको तर्फबाट रमेश लेखक,ईश्वरी देवी न्यौपाने,जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट पदम गिरी,महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् ।

यसैगरी माओवादी केन्द्रबाट जनार्दन शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल,राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।

१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन् ।