सञ्चालनमा आउँदै एसी बस


भैरहवा – बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने निर्णय गरेकामा स्वागत गर्दै प्रालिले आइतबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

सरकारले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि लुम्बिनी मेट्रो सिटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको उहाँले बताउनुभयो ।

उहाँले गृह मन्त्रालयले जारी गरेका सबै मापदण्ड पूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गर्ने बताउनुभयो । हामीले तीन महिनाभन्दा बढी बन्दाबन्दी बेहो¥यौँ, मुलुक विपद्मा परेको अवस्थामा सर्वसाधारणको सेवाका लागि हाम्रो सेवा सुचारु गर्ने निर्णय गरेका हौँ, अधिकारीले भन्नुभयो, “हामी सुरक्षित तरिकाले बस सेवा सञ्चालनमा ल्याउनेछौँ । ”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement