सञ्चारमन्त्री भन्छन् -सरकारी जग्गा खरिद गर्नेलाई कानुनी दायरामा ल्याउँछौं


काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् ।  मंगलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारी जग्गा संरक्षण गर्ने सरकारको दायित्व रहेकाले सरकार पछि नहट्ने बताए ।

‘अहिले त्यो जग्गा बेचविखन र हस्तान्तरण गर्नका लागि रोक लगाएको छ, त्यो मात्रै होइन सिराहाको पनि ३८ बिगाहा जग्गा पनि त्यस्तो रहेछ, त्यो सरकारले आफ्नो मातहतमा ल्याउँछ’, उनले भने ।मन्त्री बास्कोटाले दल र विचारका आधारमा सरकार नतमस्तक हुन नसक्ने बताए ।

‘सरकारी सम्पत्ति दुरुपयोग गर्ने कोहीकसैप्रति कुनै पद वा ओहदा, कुनै दल वा विचारप्रति नतमस्तक हुन सक्दैन’, उनले भने । आफूले बालुवाटारको जग्गा खरिदमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनेबारेमा आएको समाचारहरुको खण्डन गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement