चीनबाट हतियार खरिद गर्ने निर्णय नभएको संचारमन्त्रीको दावी


काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनसँग हतियार खरिद गर्ने निर्णय नभएको बताएकी छिन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले चीनबाट खरिद गर्ने भनिएको हतियारको विषयमा रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव नआएको दावी गरिन् ।

काठमाण्डुपाटीले सेनालाई सरकारले चीनबाट ६ अर्ब वरावर रकमको हतियार खरिद गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक गरेको थियो । शर्माले हतियार खरिदबारे प्रस्ताव नै नआएकाले कुनै निर्णय नभएको सञ्चारकर्मीलाई बताइन् । यसले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कुनै असर नगर्ने शर्माको दावी थियो ।

नेपाली सेनाले ६ अर्बको हतियार ल्याउने निर्णय भइसकेको छ । सेनाले चीनको नोरिन्को कम्पनीसंग सम्झौता समेत गरिसकेपनि मन्त्री शर्माले भने झुटो बोलेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले यसलाई तत्काल रोक्न सहमत भएको स्रोत बताउंछ । दुवै नेताले प्रधानसेनापति प्रभुराम शर्मालाई एलसीको प्रक्रिया अघि नबढाउन भनेको सैनिक स्रोतले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement