सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा


काठमाण्ड- नेपाल क्रिकेट संघ क्यानले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको क्यानले जनाएको छ । दुई हप्ताअघि उच्च अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement