सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने


काठमाण्डु- राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

नेपाली टिमका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीप बिहीबारबाट बन्द प्रशिक्षण आउने र खेल्नका लागि तयार पाईएमा उनी राष्ट्रिय टिममा रहने बताए ।

नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजको लागि तयारीमा रहेको छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । सोही सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement