उच्च अदालतको आदेशविरुद्व सर्वोच्चमा सन्दीपको पुनरावेदन, देश बाहिर जान पाउनुपर्ने माग


काठमाण्डु- उच्च अदालतको आदेशविरुद्व क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

सोमबार उच्च अदालतको आदेशविरुद्व सन्दीपले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् । सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरेपनि देश छोडेर बाहिर जान प्रतिबन्ध लगाएको छ । देश बाहिर जान पाउनुपर्ने माग सन्दीपको माग छ ।

सन्दीपको पुनरावेदन निवेदनको पेशी फागुन १२ गतेलाई तोकिएको छ । उच्च अदालतको आदेशका कारण सन्दीप दुबईमा आयोजना श्रृंखलामा सहभागी हुन नपाउने भएपछि सन्दीपले राष्ट्रिय टीमबाट अन्तर्राष्ट्रिय खेल खेल्न पाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएका हुन् ।

नेपाली टोली आगामी १३ गते दुबई जाँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement