एकदिवसीय वरीयतामा २४ औँ स्थानमा रहेका सन्दीप पाँच स्थान तल झरे


काठमाण्डु- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीपको बलिङतर्फको वरीयता खस्किएको हो ।

यसअघि २४ औँ स्थानमा रहेका सन्दीप पाँच स्थान तल २९ औँ स्थानमा झरेका छन् । त्यसैगरी ५७ औँ स्थानमा रहेका दिपेन्द्र सिंह ऐरी ५९ औँ स्थान, ६७ औँ स्थानमा रहेका सोमपाल कामी ७४ औँ स्थानमा झर्दा करण केसी ९२ औँ स्थानमा यथावत छन् ।

यता ललित नारायण राजवंशी शीर्ष १०० मा परेका छन् । उनी ९५ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement