सन्दीप क्षेत्रीले होस्ट गर्ने ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द


काठमाण्डु- कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘ह्वाट द फ्लप’ बन्द भएको छ । कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले होस्ट गर्दै आएको उक्त कार्यक्रमको उत्पादन र प्रसारण रोकेको हो ।

‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौँ । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौँ । ’, कान्तिपुरले भनेको छ ।

यो कार्यक्रममा अभिनेता पल शाहलाई अतिथि बनाएपछि विवादमा परेको थियो । शाह नाबालिग बलात्कार प्रकरणमा सफाइ पाएका कलाकार हुन् । बलात्कार जस्तो विषयमा हाँसेको भन्दै क्षेत्रीको आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement