सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्म मितिसम्बन्धी कागजात मगाउन आदेश


काठमाण्डु- क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्म मितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ ।

बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जन्म मिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

कागजातमा किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ। उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न कागजात मगाइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement