एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान


काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् ।

एसिया कप क्रिकेटका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन्। लामिछाने कतारको दोहा हुँदै पाकिस्तान पुग्ने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतमा उनीविरुद्धको मुद्दा विचाराधिन रहेकाले अन्तिम सुनुवाइ कुरेर बसेका उनी मुद्दा हेर्न नभ्याइनेमा परेपछि पाकिस्तान प्रस्थान गरेका हुन् । उनको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement