पहिलो नम्बरमै तोकियो सन्दीपको मुद्दाको पेसी, सफाइ पाएमा विश्वकपको ढोका खुल्ने


काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ।

जिल्ला अदालत, काठमाण्डुको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज पहिलो स्थानमा रहेको छ। यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो।

काठमाण्डु जिल्ला अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन्।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयपनि पत्न उच्च अदालतमा पुनरावेदनमा गएको छ। उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाई अगाडी बढाएको छ।

यदी आज सन्दीपको मुद्दामा सुनवाइ भएमा मुद्दा तत्काल किनारा लाग्ने सम्भावना हुनेछ। सन्दीपले सफाइ पाएको खण्डमा उनी टी-२० विश्वकपमा भाग लिनसमेत पाउनेछन् । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन । सन्दीपले सफाइ पाएमा क्यानले उनलाई रिजर्भ टोलीमा समावेश गरेर विश्वकप खेलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement