आज पनि सन्दीपको मुद्धा ‘हेर्न नमिल्ने’ मा, विश्वकप खेल्न पाउने ढोका बन्द


काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ‘हेर्न नमिल्ने’ मा राखिएको छ ।

जिल्ला अदालत, काठमाण्डुको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्धा आज ‘हेर्न नमिल्ने’ मा राखिएको छ । यस मुद्धामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाण्डु अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन । यदी आज सन्दीपको मुद्दामा सुनवाइ भएर सफाइ पाएको खण्डमा मुद्दा तत्काल किनारा लाग्ने थियो ।

मुद्दा किनारा लागेपछि सन्दीपले टी २० विश्वकपमा भाग लिनसमेत पाउने थिए । क्यानले सन्दीपको फैसलाको पर्खाइमा रिजर्भ टोलीको घोषणा गरेको छैन । सन्दीपले सफाइ पाएमा क्यानले उनलाई रिजर्भ टोलीमा समावेश गरेर विश्वकप खेलाउने तयारी गरेको छ ।

तर, आज पहिलो नम्बरमै पेसी तोकीएको उक्त मुद्धा ‘हेर्न नमिल्ने’ मा राखेसँगै सन्दीपले विश्वकप खेल्न पाउने ढोकासमेत बन्द भएको छ । सन्दीपको मुद्धामा लामो समयदेखि पेसी तोकिए पनि बारमबार मुद्धा ‘हेर्न नमिल्ने’ मा राखिदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement