सन्दीप लामिछानेको मुद्दाको अर्को पेशी जेठ १ गते


काठमाण्डु- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । उच्च अदालतमा दर्ता मुद्दाको पेसीमा आज न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरेकाेमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको हाे ।

आइतबार पेसी तोकिए पनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा थियो । उनको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement