नेपाली क्रिकेट खेलाडी जोराले रचे नयां किर्तिमान


काठमाडौं– नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले नयां किर्तिमान बनाएका छन् । यूएईविरुद्ध अन्तर्रा्ष्ट्रिय तीन खेलको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा जोराले नयां रेकर्ड कायम गरेका हुन् ।

जोरा टी–२० प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले डेब्यु गर्दैै अवजित ५३ रन बनाएका थिए ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार १७ वर्ष र एक सय ३ दिनका जोरा टी–२० अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् ।

यसअघि ओडीआई श्रृंखलामा अर्का युवा ब्याट्सम्यान रोहित पौडेल ओडीआईमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।

रोहितले पाकिस्तानका शहिद अफ्रिदी र भारतका सचिन तेन्दुल्करको रेकर्ड तोडेका थिए । नेपाल शुक्रवार खेलमा यूएईसंग २१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement