सन्दीप बीबीएलको ड्राफ्टमा


काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् ।

२८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् ।

पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट खेलेका थिए । गत सिजन उनले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिएका थिए । सन् २०१८ देखि २०२० सम्म भने उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए ।

यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement