पीपीइ लगाएर टोबागो उडे क्रिकेटर सन्दीप लामिछाने


काठमाण्डु – क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गरेका छन् ।

बिहीवार बिहान १० बजे उनी कोरियन एयरमार्फत कोरियाको सोल हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी त्यहाँबाट अमेरिका ट्रान्जिट हुँदै अगस्ट १ मा ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन उनले पिपिइ लगाएका थिए । सीपीएलमा उनले यसपाला जमैका तहल्लाबाजबाट खेल्ने छन् । जसका लागि उनले १ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement