बीबीएलमा सन्दीपको कमाल, लिए तीन विकेट


मेल्बर्न –अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन् ।

मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएका हुन् ।

उनले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ ओभरमा तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन् ।

उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । टस हारेर पहिलो ब्याटिङ गरिरहेको रेनेगगर्डसले अहिले १८ ओभरमा सात विकेट गुमाउँदै १२९ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement