चाटर्ड फ्लाइटमार्फत सीपीएल खेल्न सन्दीप बिहिबार ट्रिनिडाड जाँदै


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।

सन्दीप भोलि (बिहीबार) कोरियन एयरको चार्टर्ड फ्लाइटबाट वेस्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् । यसअघि हवाई उडानका कारण सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना भए पनि चार्टर्ड फ्लाइटमार्फत उनी बिहीबार प्रतियोगिता खेल्न जाने भएको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

सन्दीप आइतबार मात्र वेस्ट इन्डिज पुग्नेछन् । सन्दीपले उता पुगेपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस वर्षको सीपीएल अगस्त १८ बाट हुँदै छ ।

सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगस्त १९ मा हुनेछ । सन्दीपले यसअघि पहिलो र दोस्रो सिजनको सीपीएल खेलिसकेका छन् । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement