सन्दीपले खेल्ने सीपीएलको खेल तालिका सार्वजनिक


काठमाडौं – नेपाली स्पीनर सन्दीप लामिछाने आबद्ध क्यारेवियन प्रिमियर लिग सीपिएलको खेल तालिका सार्वजनिक भएको छ । लिग ४ सेप्टेम्वरबाट अक्टोबर १२ सम्म वेस्टइण्डिजमा हुने छ ।

लिगमा सन्दीप लामिछाने आबद्ध बार्बाडस ट्राइडेन्टले भने सेप्टेम्बर ८ मा गिनियाँ एमाजोन वारियर्ससँग पहिलो खेल खेल्ने छ । सन्दीप इण्डिन प्रिमियर लिग आइपीएल खेलेर नेपाल आएपछि ट्राइडेन्टमा अनुबन्धित भएका थिए ।

सन्दीपले यसपटक लगातार दोस्रो सिजन सीपीएल लिग खेल्न लागेका हुन् । यस अघिको संस्करणको सीपीएलमा उनी सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्ससँग आबद्ध थिए । अघिल्लो सिजन उनले सीपीएलमा ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement