आइपिएलमा सन्दीपको कमालः चार ओभर, तीन विकेट


काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले कमाल गरेका छन्।

दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका उनले मुम्बई इण्डियन्सविरुद्धको खेलमा व्यक्तिगत चार ओभरमा ३ विकेट लिए।सो अवधिमा ३६ रन खर्चेका छन् ।

पहिलो ओभरमा सूर्यकुमार यादवको विकेट लिएका उनले दाेस्राे ओभरमा किरोन पोलार्ड र क्रुनाल पाण्ड्याको विकेट लिए।

दाेस्राे ओभरको पहिलो बलमा पोलर्डलाई आउट गराएका उनले चौथो बलमा क्रुनाललाई पनि पबिलियन फर्काइदिएका हुन्।

उनले ४ ओभरमा ३६ रन दिए ।

उनकाे याेगदानमा दिल्लीले जितेकाे छ। मुम्बई इण्डियन्स आईपीएल क्रिकेटको लिग चरणबाट बाहिरिएको छ ।

प्लेअफमा पुग्न जित्नैपर्ने खेलमा दिल्ली डेयरडेभिल्ससँग हारेपछि मुम्बई बाहिरिएको हो । यो नतिजापछि राजस्थान रोयल्सको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । यद्यपि, अहिले चेन्नइसंग खेलिरहेको पञ्जावले ठुलो अन्तरको जीत हात पारे पञ्जाव पनि प्लेअफमा पुग्न सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement