पारस खड्कालाई पछि पार्दै सन्दीप लामिछाने बने बर्षकै उत्कृष्ट क्रिकेटर


काठमाडौं– नेपाली राष्ट्रिय टोलीका युवा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटर अफ दि इयरको अवार्ड जितेका छन्।

नेपालका क्रिकेट खेलाडीहरुको संस्था क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले मंगलबार प्रदान गरेको एनसिसिएस(सिप्यान क्रिकेट अवार्डको पुरुषतर्फ नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई पछि पार्दै लामिछानेले वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन्।

लामिछानेका साथै उक्त विधामा युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामी थिए । महिलातर्फ भने सीता रानामगर उत्कृष्ट घोषित भइन्। उनले इन्दु बर्मा, करुणा भण्डारी, रुबिना क्षेत्री बेलबासी र सरिता मगरलाई पछि पारेकी हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement