क्रिकेट प्रेमीको लागी अर्को खुसीको खबर :सन्दिप क्यानडा लिगमा छनौट


काठमाडौँ – युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई आइतबार मोन्ट्रिइल टाइगर्सले लिएको हो । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो ।
श्रीलंकाका तीव्र बलर लासिथ मालिङ्गा मार्की खेलाडी रहेको टाइगर्समा वेस्ट–इन्डिजका सुनील नारिन, श्रीलंकाका थिसारा पेरेरा, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट–इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजालगायत खेलाडी छन् । यस प्रतियोगितामा अस्ट्रेलियाका स्टिभ स्मिथ, क्रिस लिन, वेस्ट–इन्डिजका क्रिस गेल, ड्वान ब्राभो, एन्ड्रे रसेल, डारेन सामी, पाकिस्तानका साहिद अफ्रिदी, दक्षिण अफ्रिकाका डेविड मिलरलगायत खेलाडी खेलिरहेका छन् ।

ग्लोबल टी–२० क्यानडा लिगमा खेलाडीले पाउने पारिश्रमिकबारे केही खुलाइएको छैन । पहिलो चरणका खेलाडीले ९० हजार अमेरिकी डलर पाउने बताइएको छ । त्यसअनुसार छैटौं चरणमा परेका सन्दीपले ४० हजार डलर पाउनेछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement