म्याद थपका लागि सन्दीपलाई अदालत लगिँदै


काठमाण्डु – बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइँदैछ ।

एक १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको उजुरीका आधारमा असोज २० गते विमानस्थलबाट पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराउन लागिएको हो ।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएका उनलाई यसअघि अनुसन्धानका लागि सात दिनको म्याद दिइएको थियो । सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराउन लागेको हो।

सन्दीपविरुद्ध गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २० गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement