सन्दीप लामिछाने आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने


काठमाण्डु – नाबालिग बलात्कारको अभियोगमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई समेट्दै दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको हो।

क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो। यसअघि पहिलो चरणमा २८ सदस्यीय टिम घोषणा भएको थियो

हिजोदेखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएका लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए ।नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत: आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement