सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै


काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दामाथि आज (आइतबार) सुनुवाइ हुने भएको छ।काठमाडौं जिल्ला अदालतले लामिछानेको मुद्दामा आइतबारलाई पेसी तोकेको हाे।

निरन्तर पेसीमा रहेपनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन। चैत २२ गते सुनुवाइ हेर्न नभ्याइने हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए । लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो। उच्चले काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान प्रतिबन्ध लगाएकोमा सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement